२०७९ जेष्ठ ९, सोमबार

बुटवल । तिलोत्तमा नगरपालिकामा नेकपा एमालेका मोहन चापागाईँ र कांग्रेसका रामकृष्ण खाँण बीच तीब्र प्रतिस्पर्धा रहेको छ।

३० हजार ७३४ मत गन्दा नेपाली कांग्रेसका उम्मेद्वार खाँण एमालेका चापागाई भन्दा ३५७ मतले अग्रता लिएका छन् ।

कांग्रेसका खाँणले ११ हजार ९४९ मत पाउँदा एमालेका चापागाईँले ११ हजार ५९२ मत पाएका छन् ।

यस्तै उपप्रमुखमा भने नेकपा एमालेकी जागेश्वरी चौधरीले फराकिलो अग्रता लिएकी छिन् ।

चौधरीले ११ हजार २७० मत पाउँदा माओवादीका उम्मेद्वार हेमन्त पाण्डेले ५ हजार ७१५ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर