नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश १ को चीन दिने चुनावी अभियानमा सहभागी हुन बिहीवार गृहजिल्ला झापा जानु हुने भएको छ । बिगत केही समयदेखि निरन्तर चुनावी अभियानमा होमिनु भएका अध्यक्ष ओली टिकट बितरण र मनोनयनको काम सकिएसँगै पुनः अभियानमा सक्रिय हुन लाग्नुभएको हो ।

चुनावी अभियान अन्तर्गत अध्यक्ष ओली झापा जान लाग्नुभएका ओलीले तीन दिन प्रदेश १ मा बिताउने कार्यक्रम रहेको छ । बिहीवार तीन स्थानमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भद्रपुरमा ११ बजे, मेचीनगरमा १ बजे र बिर्तामोडमा ४ बजे अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले झापाका सचिव शिव ढुङ्गेलले जानकारी दिनु भयो ।

उहाँले स्थानीय तह निर्वाचनको संघारमा कार्यकर्ता भेटघाटको कार्यक्रम आयोजना गरिएको बताउनु भयो । झापापछि अध्यक्ष ओली इलाम जाने कार्यक्रम रहेको छ । इलामपछि पुन झापा फर्किएर गृहनगर दमकमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुने छ ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङका अनुसार अध्यक्ष ओली दमकबाट मोरङ र सुनसरीको चुनावी कार्यक्रममा सहभागी भई राजधानी फर्कनु हुनेछ । ओलीसँगै उपाध्यक्ष नेम्वाङसहित प्रदेश १ का नेताहरु पनि जाने कार्यक्रम रहेको छ ।

‘अध्यक्ष कमरेड तीन दिनदेखि चार दिन प्रदेश १ मा बस्नुहुने कार्यक्रम तय भएको छ, यस पटक चार जिल्ला झापा, इलाम, सुनसरी र मोरङका बिभिन्न पालिकामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने छ,’ उपाध्यक्ष नेम्वाङले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर