बैतडी: बैतडीमा मेयरका उम्मेदवारसहित १२ जनाविरुद्ध उजुरी परेको छ। जिल्लाको पाटन नगरपालिकामा सबैभन्दा बढी ७ उम्मेदवारका विरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। एमालेबाट मेयरका उम्मेदवार नारायणसिंह भण्डारी विरुद्ध दुईजनाले उजुरी दिएको निर्वाचन अधिकृत ईश्वरीदत्त जोशीले बताए। भण्डारी पाटन नगरपालिकाकै लेखापरीक्षकको रुपमा कार्यरत रहेको भन्दै उजुरी परेको छ।

यस्तै वडा सदस्यकाउम्मेदवारहरु हिरासिंह कठायत, प्रेमसिंह भाट,नवराज पाण्डेय, मानबहादुर बिष्ट र नवराज भट्टका विरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उता शिवनाथ गाउँपालिकामा एमालेका तर्फबाट उपाध्यक्षका उम्मेदवार शकुन्तला साउँद, नेकपा माओवादी केन्द्रका तर्फबाट उपाध्यक्षका उम्मेदवार नरेन्द्र साउँद र वडा अध्यक्षका उम्मेदवार भरतराम पार्की विरुद्ध उजुरी परेको छ।

यसैगरी पञ्चेश्वर गाउँपालिकामा वडा नं ६ का वडा अध्यक्षका उम्मेदवार रामसिंह पुजारा र बलबहादुर भण्डारीविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत धर्मानन्द जोशीले बताए। पुजारा विरुद्ध पेश्की फच्र्याैट नगरेको भनेर उजुरी परेको र भण्डारीविरुद्ध फौजदारी अभियोगमा सजाय भोगेको भनेर उजुरी परेको जोशीले बताए। दुवै जनाविरुद्ध एकअर्काले उजुरी दिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर