
गठबन्धनका कारण काँग्रेसबाट उम्मेदवार उठ्न नपाएपछि वडा सभापतिले राजीनामा दिएर एमालेबाट उम्मेदवार बनेका छन् ।
गलकोट नगरपालिका–६ का सभापति भक्त नेपाली काँग्रेस परित्याग गरी एमालेबाट वडाध्यक्ष उठेका हुन् ।
काँग्रेसले विचार नमिल्नेहरूसँग अप्राकृतिक गठबन्धन गरेको आरोप लगाउँदै नेपालीले एमाले रोजेको बताए ।
उनी मात्रै होइन, जैमिनी नगरपालिकामा एमालेबाट उपप्रमुखमा उम्मेदवारी दिएकी यमुना देवी शर्मा पनि नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि हुन् ।
उनी यसअघि महिला संघको सचिव समेत भएर काम गरिसकेकी छिन् ।
शर्माले काँग्रेसबाट उपमेयरको टिकट मागेकी थिइन् ।
जैमिनीमा काँग्रेसले जनमोर्चालाई मेयर दिएको छ भने हरिहर शर्मालाई उपमेयर उठाएको छ ।