एमालेले काठमाडौंका १ महानगरपालिका र १० नगरपालिकाका लागि प्रमुख र उपप्रमुखका उम्मेदवारको टुङ्गो लगाएसँगै उम्मेदवारी दर्ताको क्रम शुरु भएको छ । सोमबार एमालेले काठमाडौंका सम्पूर्ण पालिकाहरुको उम्मेदवार टुङ्गो लगाएको एमाले काठमाडौं सहइन्चार्ज कृष्ण राईले जानकारी दिए ।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेका उम्मेदवारहरूमा काठमाडौं महानगर प्रमुखमा केशव स्थापित, उपप्रमुखमा सुनिता डंगोल, शंखरापुर नगरपालिका प्रमुखमा कृष्णलाल बजगाईं, उपप्रमुखमा लक्ष्मी केसी, कागेश्वरी मनहरा नगरपालिका प्रमुखमा रामशरण ढुङ्गाना, उपप्रमुखमा अनिता लामा, गोकर्णेश्वर नगरपालिका प्रमुखमा उद्धव विष्ट, उपप्रमुखमा सान्नानी बिष्ट रहेका छन् ।

नागार्जुन नगरपालिका प्रमुखमा नन्दनहरि गौतम, उपप्रमुखमा सुशीला अधिकारी, टोखा नगरपालिका प्रमुखका लागि प्रकाश अधिकारी, उपप्रमुखका लागि ज्ञानमाया डंगोल, तारकेश्वर नगरपालिका प्रमुखका लागि रामेश्वर बोहोरा, उपप्रमुखका लागि भवानी डोटेल, चन्द्रागिरी नगरपालिका प्रमुखका लागि उत्तम बहादुर राउत, उपप्रमुखका लागि वसन्ती श्रेष्ठ, दक्षिणकाली नगर प्रमुखका लागि श्रीराम आर्चाय, उपप्रमुखका लागि इन्दिरा न्यौपाने रहेका छन् ।
यस्तै चन्द्रागिरी नगरपालिका प्रमुखका लागि उत्तम बहादुर राउत, उपप्रमुखका लागि वसन्ती श्रेष्ठ, कीर्तिपुर नगर प्रमुखका लागि के एस रत्न बज्राचार्य र उपप्रमुखमा बिन्दु महर्जन रहेका छन् । काठमाडौंका पालिकामा एमालेले कुनै दलसँग गठबन्धन नगरी एकल रुपमा प्रतिस्पर्धा गर्ने सहइन्जार्ज राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर