सत्तारूढ पाँच राजनीतिक दलले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा भागबन्डा गरेसँगै सबैको ध्यान काठमाडौं र पोखरा महानगरपालिकामा केन्द्रित भएको छ। उम्मेदवार मनोनयन दर्ताको समय नजिक आइसक्दा पनि गठबन्धन दलले आफ्ना उम्मेदवार छनोट गरेका छैनन् ।

प्रमुख प्रतिपक्षी एमाले मातहतका कमिटीबाट काठमाडौंसहित ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका लागि उम्मेदवार सिफारिस भइसकेका छन् । भरतपुर, ललितपुर र वीरगन्ज महानगरपालिकाका लागि भने एकल उम्मेदवार छनोट गरी सिफारिस गरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl
सिफारिस उम्मेदवारलाई केन्द्रले अनुमोदन गर्न बाँकी छ। घोषणापत्र निर्माणमा लागेको एमाले मूल नेतृत्वले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा सकेसम्म विवादरहित उम्मेदवार छनोट गर्ने तयारी गरेको छ। उसले विगतको मत परिणाम र प्रतिस्पर्धी कांग्रेस वा गठबन्धनका सम्भावित उम्मेदवारलाई हेरेर मात्र आफ्ना उम्मेदवार तोक्ने छ । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर