पत्रपत्रिका
रातोपाटि
सत्ता गठबन्धनले आगामी स्थानीय तहका लागि महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएसँगै नेपालीकाँग्रेस सहितका दलमा चर्को असन्तुष्टि देखिएको छ । तीन दिनयता लगातार छलफलमा जुटेका सत्ता गठबन्धनका दलहरुको बुधबार बसको बैठकले भागवण्डा टुंगो लगाएको हो ।
गठबन्धनको निर्णय अनुसार नेपाली काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयर लिएको छ भने वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिने भएको छ ।नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा मेयर पाएको छ भने ललितपुर महानगरपालिकामा उपमेयर उसको भागमा परेको छ ।