धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट ९ जनाको नाम सिफारिस भएको छ।

मंगलबार बसेको नगर कार्यसमिति बैठकले मेयर र उपमेयरका लागि आकांक्षीका नाम सिफारिस गरेको हो।

मेयरका लागि अहिलेका मेयर तिलक राई, किशोर राई, पर्वत राई, अजय राई, उमेश थापा, सुजेन्द्र तामाङ, श्यामा रेग्मी, गोविन्द दर्नाल र मीना पुलामीको नाम सिफारिस गरिएको नगर कार्यसमितिले जनाएको छ।

यस्तै उपमेयरमा हिमाल राई, मनिता घिमिरे, झुमा राई, उर्मिला प्रधान, शीला ब्रजाचार्य, निलकुमारी थापा, कुसुम ओली, निर्मला शाक्य, सन्तोष विश्वकर्मा र कोपिला भट्टराईको नाम सिफारिस भएको छ।

नगर कार्यसमितिले प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति हुँदै जिल्ला कार्यसमितिलाई आकांक्षीका नाम पठाएको छ। अब जिल्लाले रायसहित प्रदेशमा नाम पठाउनेछ। कांग्रेस विधानअनुसार उपमहानगरको टिकट भने प्रदेश संसदीय समितिले दिने व्यवस्था छ।

सत्तारूढ पाँचदलीय गठबन्धनले वैशाख ३० मा हुने चुनावमा मिलेर जाने सहमति गरेका छन्। धरान उपमहानगर कांग्रेसले लिने लगभग पक्का छ।

प्रतिक्रिया

सम्बन्धित खवर