नेपाली काँग्रेस गुल्मीले इस्मा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा आफ्ना पार्टी उम्मेदवार खडा गर्ने भएको छ । सत्ता गठबन्धन दलको उपस्थिति इस्मामा पातलो भएका कारण दुवै पदमा काँग्रेसबाटै सर्वसम्मत उम्मेदवार छनौट गरिएको नेपाली काँग्रेस गुल्मी जिल्ला पार्टी सचिव तथा प्रमुख पदका उम्मेदवार भगतसिंह खड्काले जानकारी दिएका हुन् ।

नेपाली काँग्रेस इस्मा गाउँपालिकाको बैठकले खड्कालाई पालिका प्रमुख र पालिकाकी उपसभापति पार्वती कुँवरलाई उपप्रमुख उम्मेदवार सर्वसम्मत चयन गरिएको काँग्रेसले जनाएको छ । २०६१ सालमा नेवि संघबाट विद्यार्थी राजनीति यात्रा सुरु गरेका खड्का रेसुङ्गा बहुमुखी क्याम्पसको नेवि संघ इकाई सदस्य, सोही सङ्गठनको जिल्ला सचिव हुँदै काँग्रेस क्षेत्रीय सदस्य , क्षेत्रीय सह सचिव , क्षेत्रीय सभापति हुँदै हाल नेपाली काँग्रेस जिल्ला पार्टीको सचिव हुन् ।

उपप्रमुखकी उम्मेदवार कुँवर पेशाले अधिवक्ता हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर