नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५३ औं स्थापना दिवस मनाउँदै छ । विहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने उक्त कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दैछन् ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले स्थापन दिवसमा नेविसंघले आफ्ना संस्थापक सदस्यलाई सम्मान गर्ने लागेको बताए । उनले भने, ‘नेविसंघ तयारी समिति र संस्थाक कार्यसमितिका सदस्यलाई सम्मान गर्दैछौं । तयारी समितिमा ८ जना हुनुहुन्छ । संस्थापक कार्यसमितिका १४ जना सदस्य हुनुहुन्छ । जसमा ४ जनाको निधन भइसकेको छ । बाँकी आज उपस्थिति हुने सबैलाई सम्मान गर्न लागेका हौं ।’

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उनका अनुसार स्थापना दिवसका अवसरमा नेविसंघले आफ्नो एप सार्वजिनक गर्दै छ । नेविसंघको साधारण सदस्यतालाई अनलाइन प्रणालीमार्फत व्यवस्थित बनाइएको शेर्पाको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर