यश स्टारर फिल्म केजीएफ–२ ले भारतमा शानदार ओपनिङ गरेको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

फिल्मले पहिलो दिन नै हिन्दी बेल्टमा ५३.९५ करोडको व्यापार गर्‍यो, जुन अहिलेसम्म कुनै पनि भारतीय फिल्मको लागि सबैभन्दा धेरै ओपनिङ डे कलेक्सन हो ।

करिब १०० करोडको बजेटमा बनेको यस फिल्मको कूल ओपनिङ डे कलेक्सन १३४.५ करोड रहेको छ ।

योसँगै फिल्मले पहिलो दिनमै बजेटको शतप्रतिशतभन्दा बढी कमाएको छ ।

यश बाहेक फिल्ममा सञ्जय दत्त र रविना टण्डन पनि छन् ।

फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् ।

फिल्म समीक्षक मनोबाला विजयबलनले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै केजीएफ-२ ले उद्घाटन दिनमा नै ५३.९५ करोड रुपैयाँ सङ्कलन गरेको बताए।

फिल्मलाई ऐतिहासिक भएको भन्दै मनोबालाले केजीएफ–२ भारतको पहिलो फिल्म हो जसले बलिउड फिल्मलाई पनि पछाडि छोडेको    बताए ।

यसअघि ऋतिक रोशनको वारले ५१ करोड र राजामौलीको फिल्म आरआरआरले २० करोड कमाएको थियो ।

केजीएफ–२ विश्वभर १० हजारभन्दा बढी स्क्रिनहरूमा रिलिज भएको छ।

मिडिया रिपोर्टका अनुसार फिल्मको हिन्दी संस्करणले जम्मा ४४०० स्क्रिन पाएको छ ।

योसँगै यशको फिल्म दक्षिणमा २६ सय, विदेशमा ११ सय र अन्य भाषाका २९ सय स्क्रिनमा रिलिज भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर