२०७८ चैत्र ३०, बुधबार

नेपाली जनता दल र  नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकीकरण भएको छ ।​

https://amzn.to/4myfPN5

काठमाडौं आयोजित कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह  र नव नेपाल डेमोक्रेटिक पार्टीका अध्यक्ष अनुप पहाडीले पार्टी एकीकरण पत्रमा  हस्ताक्षर गरेर पार्टी एकता भएको घोषणा गरेका हुन् ।

दुवै पार्टीले विभिन्न सम्वादपछि एकताको अवस्थामा पुगेको जनाएका छन् ।

दुवै पार्टीबीच राष्ट्रिय मुद्दा र  विकासबारे समानता रहेको जनाउँदै हरिचरण शाह राष्ट्रिय अध्यक्ष र  अनुप पहाडी संघीय परिषद् अध्यक्ष रहने गरि  पार्टी एकीकरण जनाइएको छ ।

जनयुद्ध जनआन्दोलन लगायतबाट प्राप्त गणतन्त्रको उपलब्धी रक्षा गर्दै समाजवादी क्रान्तिको यात्रामा स्पष्ट र दृढमत रहेको जनाएका छन् ।

दुई पार्टीबीच विगतका प्रतिगामी कदमको सामना गरेर अघि बढ्ने सहमति भएको छ ।

एकीकरण पत्रमा  संयुक्त रुपमा हस्ताक्षर गर्दै शाह र पहाडीले संगठनका बाँकी कार्यभार पुरा गर्ने र देशलाई समानता न्यायको बाटोमा डो-याउने प्रतिबद्धता जाहेर गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर