२८ चैत २०७८, सोमबार
नेकपा (एमाले) इटहरी उपमहानगर कमिटीले मेयरमा ६ जनाको नाम सिफारिस गरेको छ ।
उम्मेदवारको टुङ्गो लगाउन बसेको बैठकमा सहमति नजुटेपछि ६ जनाको नाम सिफारिस गरेको हो ।
नगर कमिटीले मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमसहित ६ जनाको नाम सिफारिस गरेको हो ।
बैठकले नगरप्रमुख चौधरी, उप्रपमुख गौतम, प्रदेश सदस्य रामप्रसाद चौलागाई, उपमहानगर अध्यक्ष यामकुमार सुब्बा, रेवती घिमिरे र बन्नुलाल चौधरीको नाम सिफारिस गरेको हो ।
उपमेयरको उम्मेदवार छनोटका लागि अम्बिका चौधरी, विष्णु शर्मा नेपाल, अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रूक्मिणी कोइराला र मिथिला पोख्रेलको नाम सिफारिस गरेको छ ।
उपमहानगरको उम्मेदवारको टुङ्गो केन्द्रीय कमिटीले लगाउनेछ ।