शुक्रबार २५ चैत, २०७८

पत्रपत्रिकावाट

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

फेवातालको आँगनमा लैलै माछापुच्छ्रे छायाँ…. ।’ यस बोलको गीत वा फेवातालमा माछापुच्छ्रेको छायाँ देखिने पोस्टकार्ड र तस्बिरबाट फेवाताल चिन्नेका लागि अब ती पहिचान मात्र पर्याप्त हुँदैनन् ।

फेवातालको सौन्दर्यभन्दा अर्को पहिचान पनि थपिएको छ । पहिलेका पहिचान देशका लागि नै मूल्यवान् भए पनि बेलैमा सजग नभए पछिल्लो पहिचानको मूल्य भने देशले चुकाउनुपर्ने देखिएको छ । पछिल्लो पहिचान दिने दृश्य हेर्न फेवाताल थुन्न बाँध बाँधिएको स्थान फेवातालको पुछारमा जानुपर्छ ।

यो त्यही स्थान हो जहाँ माछापुच्छ्रेको छायाँ पर्ने गर्दछ तर प्रदूषणले गर्दा कञ्चन फेवाताल र माछापुच्छ्रेको छायाँ देख्न अचेल मुस्किल पर्छ । माछापुच्छ्रेको छायाँ तैरिने पानीमा अचेल थोत्रा जुत्ताचप्पल, प्लास्टिकका बोतल र थुप्रै खाले फोहोर तैरिन्छन् । तालको त्यस भागमा एउटा नाली आएर मिसिएको छ ।

त्यसैले ती फोहोर सिधै तालमा ल्याएर मिसाउँछ । यस्तो फोहोर ल्याउने काम त्यो नालाबाट मात्रै सीमित छैन । वाराहीघाट, गौरीघाट, फेवाघाट, पहारीघाटलगायत धेरै ठाउँमा त्यसरी नै सहरको नाला सिधै फेवातालमा सोझिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर