२०७८ चैत्र २४, बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी (शर्मा कोइराला) ले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

https://amzn.to/4myfPN5

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री कोइरालालाई शपथ गराइएको हो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो । प्रधानमन्त्री देउवाको सिफारिसमा आज कोइराला मन्त्रीमा नियुक्त भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर