
मङ्गलबार २२ चैत, २०७८
सरकारले स्वास्थ्य बीम गराएका बिरामीको उपचार खर्च बापतको खर्च सोध भर्ना नगराएको भन्दै केही अस्पतालले उपचार बन्द गराएकोमा नेपाली काँग्रेस पाल्पाले आपत्ति जनाएको छ । काँग्रेस महामन्त्री गगन कुमार थापा स्वास्थ्यमन्त्री हुँदा ल्याइएको स्वास्थ्य बीमालाई विभिन्न बहानामा कमजोर गराउने प्रयत्न भइरहेको भन्दै बहानाबाजी नगर्न र सहज रुपमा सेवा निरन्तर गर्न काँग्रेस पाल्पाले अपिल गरेको हो ।
काँग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका र कार्यान्वयन भएका अस्पतालहरुमा नियमित दाबी भुक्तानी गर्न आफूहरुले स्वास्थ्य बीमा बोर्डलाई ध्यानाकर्षण गराएको बताए ।
सभापति श्रेष्ठले भने, ‘अब उपचार पनि निरन्तर दिने र बक्यौता रकम पनि निकासा हुँदै जाने गरि व्यवस्थापन हुनु आवश्यक छ । यसमा काँग्रेस पाल्पाको गम्भीर ध्यानाकर्षण भएको छ, जनताले सेवा पाउनु नैसर्गिक अधिकार हो ।’