२०७८ चैत्र १८, शुक्रबार
बैशाख ३० गते स्थानीय तहको चुनावमा एक करोड ७७ लाखा ३३ हजार ७२३ मतदाता छन् । आयोगले मतदाताको नामावली प्रकाशित गरिसकेको छ ।
फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका र वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएकाले आफ्नो नाम यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।
यो लिंकमा गएर आफ्नो प्रदेश, जिल्ला, वडा नम्बर र मतदान स्थलको विवरण छानेपछि त्यस क्षेत्रमा भएका सबै मतदाताहरुको विवरण देखिन्छ । त्यहाँ आफ्नो नाम छानेपछि विवरणमा जन्ममिति र नागरिकता नम्बर राखेपछि मतदाता नामावलीमा भएको सबै विवरण हेर्न सकिन्छ ।









