आइतबार १३ चैत, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जनाको नाम घोषणा भएको छ ।

आइतबार सम्पन्न १० औं विश्व सम्मेलनबाट बद्री केसी, रविना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । घोषणासभामा निवर्तमान अध्यक्ष कुमार पन्तले निर्वाचित तीनै जना अध्यक्ष कार्यकारी भएको बताए ।

उनका अनुसार पहिलो बैठकको अध्यक्षता तिनै जनाले गर्नेछन् ।

त्यसपछि पहिलो ६ महिना कुल आचार्यले, दोस्रो ६ महिने कार्यकाल रविना थापा र बाँकी कार्यकालको अध्यक्षता बद्री केसीले गर्नेछन् ।

अध्यक्षमण्डलका अध्यक्ष उपेन्द्र महतो नेतृत्वको कार्यदलले भागबण्डा मिलाउन  सहमतिमै एनआरएनएको नेतृत्वसहित जम्बो पदाधिकारीको घोषणा गरेको हो ।

लामो समयदेखि जारी एनआरएनएको विवाद समाधानका लागि विधान नै संशोधन गरेर ३ जना अध्यक्षसहित पदाधिकारी घोषणा गरिएको हो । शनिबारदेखि सुरु भइ आज सम्पन्न विश्व सम्मेलनलाई एकताको महाधिवेशन भनिएको छ ।

तर, पूर्वअध्यक्ष शेष घले नेतृत्वमा पनि एनआरएनए अस्तित्वमा रहेको छ ।

घले समूहले यसअघि नै काठमाडौंमा विश्व सम्मेलन गरेर विनोद कुँवरलाई अध्यक्ष बनाएको छ ।

यस्तै उपाध्यक्ष ११ जना बनेका छन् ।

जसमा भूषण घिमिरे, डिबी क्षेत्री, डा हेमराज शर्मा, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द्र श्रेष्ठ, जय प्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, आरके शर्मा र नरेन्द्र भाट चयन भएका छन् ।

यस्तै महिला उपाध्यक्षमा विष्णु माया परियार र याश्मिन बेगम चयन भएका छन् ।

यस्तै युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन् ।

यस्तै महासचिवमा दुई जना निर्वाचित भएका छन् ।

जसमा गौरीराज जोशी र केशव पौडेल निर्वाचित भएका छन्।

उपमहासचिवमा गणेश केसी, देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिम्खडा र विनय अधिकारी सर्वसम्मत निर्वाचित भएका   छन् ।

सचिवमा १० जना निर्वाचित भएका छन् ।

चिरञ्जिवी घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रवीण गुरुङ, शंकर खड्का, अभिमानसिंह बस्नेत, प्रमेद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठी चयन भएका छन् ।

त्यसैगरी महिला सचिवमा डा अलिनी पोखरेल र टीका गुरुङ निर्वाचित हुँदा कोषाध्यक्षमा सुनील शाह, लोक दाहाल र फणिन्द्र पन्त चयन भएका छन् ।

सहकोषाध्यक्षमा कृष्ण तिमल्सिना, होम तिमल्सिना र दीपक शर्मा चयन भएका छन् । लाल केसी र मिलन छन्त्याल पनि सहकोषाध्यक्ष बनेका छन् । नारायण सुवेदी, टंक गैरे, यज्ञ सुवेदी पनि सहकोषाध्यक्ष चयन भएका छन् ।

महिला कोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन हुँदा युवा संयोजकमा अब्दिुल बसिद र रविन्द्र खड्का चयन भएका    छन् ।

यस्तै महिला संयोजकमा विमला सापकोटा र संगीता मरहठ्ठा बनेका छन् ।

प्रवक्तामा सोम सापकोटा र शिव बरुवाललाई चयन गरिएको छ ।

अध्यक्ष मण्डलको निर्णयानुसार एनआरएनएमा दुई सयभन्दा बढीलाई पद दिइएको छ ।

यस्तै क्षेत्रीय संयोजक उपसंयोजक पनि चयन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर