
: २०७८ चैत्र १३, आईतवार
तुलसीपुरमा तत्कालीन राजा वीरेन्द्र शाहको शालिक स्थापना गरिने भएको छ।
०६२/०६३ को आन्दोलनका बेला तुलसीपुरको वीरेन्द्रचोकमा रहेको शालिक माओवादीले तोडफोड गरेका थिए।
तुलसीपुर उपमहानगरपालिका ५ का अध्यक्ष वीरेन्द्रकुमार शाहले तत्कालीन राजा वीरेन्द्रको शालिक स्थापना गर्न लागिएको बताए। उनकाअनुसार आज शालिक स्थापना गरिनेछ।
उनकै नेतृत्वमा ०७५ मा शालिक रहेको ठाउँको मर्मत गर्ने काम पनि भएको थियो।
शालिक स्थापना गर्ने काम त्यसबेला सुरू गर्न लागे पनि नेकपा एमालेलगायत दलका नेताले सहयोग नगरेको उनले बताए।
वडाध्यक्ष शाहले सहयोगी र व्यक्तिगत खर्चमा शालिक बनाएका छन्।
भावी सन्ततिलाई इतिहास देखाउनका लागि भने पनि शालिक आवश्यक पर्ने उनको भनाइ छ।
माओबादीले वीरेन्द्रचोकमा रहेको शालिक आन्दोलनका क्रममा घिसार्दै लगेका थिए।
पछि त्यो शालिक खाडल खन्ने क्रममा फेला परेको थियो।