शनिबार, चैत १२, २०७८

कपिलवस्तुको बांणगंगा जितपुरमा सञ्चालित कपिलवस्तु महोत्सवमा बाल उद्यानको डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।महोत्सवमा गएका दर्शकहरू सवार पिङ शुक्रबार साँझ भाँचिएर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् ।

https://amzn.to/4myfPN5

गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका-१ का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिका- ९ की आकृति खनाल रहेका छन् । उनीहरूको बुटवलको एक निजी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

घाइते मध्ये ४ जना सामान्य उपचारपछि घर फर्केका र ७ जनाको कपिलवस्तुमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर