२०७८ चैत्र ८, मंगलवार

पत्रपत्रिका
सेतोपाटि अनलाईनवाट

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अरू वाम पार्टी नै नभएकाले उनीहरूसँग एकता नहुने बताएका छन्।

सोमबार बसेको एमालेको पोलिटब्युरो बैठकमा नेताहरू घनश्याम भुसाल, रघुजी पन्तलगायतले वाम एकता गरेर जानुपर्ने प्रस्ताव राखेका थिए।

जवाफ ओलीले आफ्नो पार्टीविरूद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने, पार्टीका सांसदलाई फुटाउन सभामुखको प्रयोग गर्ने र कांग्रेसको सेवा गर्नेहरू वाम नभएको उल्लेख गर्दै उनीहरूसँग एकता नहुने बताएका हुन्।

उनले माओवादीका नेता/कार्यकर्ता एमालेमा आउन चाहे उनीहरूलाई उचित स्थान दिएर स्वागत गर्न सकिने भए पनि सिंगै पार्टी एकता गर्न नसकिने बताएका थिए।

आजको बैठकमा स्थायी कमिटी सदस्य भुसालले वाम एकताका गर्नुपर्ने कारणहरू पनि प्रस्तुत गरेका थिए। उनले वाम एकता गर्नुपर्नाका चार वटा प्रमुख कारण रहेको बताएका थिए।

भुसालले आजको बैठकमा नेकपा एमाले वाम एकताको मूल प्रवाह भएकाले, तीन वटा पार्टीको विभाजनका वैचारिक तथा सैद्धान्तिक कारण नभएकाले, निर्वाचनमा वामपन्थी विजयलाई सुनिश्चित गर्न र कम्युनिस्ट पार्टीका अत्यधिक बहुसंख्यक सदस्य र कार्यकर्ताले कम्युनिष्ट पार्टीको एकता चाहेको हुनाले कम्युनिस्ट पार्टीहरूको एकता आवश्यक भएको बताएका थिए।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलसँग वामपन्थी एकता गर्नुपर्ने विषय उठेपछि महेश बस्नेत लगायत नेताहरूले भने यसमा अल्झन नहुने बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर