२०७८ चैत्र ७, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले डाक्टर शंकर शर्मालाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्।

https://amzn.to/4myfPN5

शर्मालाई आइतबार राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सरकारले शर्मालाई राजदूत सिफारिस गरेको थियो। तीन महिनापछि गत साता भारतले शर्माको एग्रिमो पठाएको थियो।

तत्कालीन राजदूत निलाम्बर आचार्यलाई फिर्ता बोलाएपछि केही महिनादेखि नयाँदिल्लीस्थित नेपाली राजदूतावास राजदूतविहीन थियो।

संसदीय सुनुवाइबाट अनुमोदन भएपछि गत मंसिर २४ गते परराष्ट्र मन्त्रालयले अमेरिका, बेलायत र भारतका लागि सिफारिस भएका राजदूतहरूको एग्रिमोका लागि पत्र पठाएको थियो।

तीमध्ये सबैभन्दा पहिला बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्यको सबैभन्दा पहिला एग्रिमो आएको थियो। अमेरिकाका लागि राजदूत श्रीधर खत्रीको एग्रिमो आएर उनी नियुक्त भइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर