०७८ चैत्र ६, आईतवार
अर्जेन्टिनाका पूर्वअन्तर्राष्ट्रिय रग्बी खेलाडी फेडेरिको मार्टिन अराम्बुरुको शनिबार बिहान फ्रान्समा गोली हानी हत्या गरिएको बताइएको छ ।
अर्जेन्टिनका लागि २२ खेल खेलेका ४२ वर्षीय खेलाडीले फ्रान्समा २००७ मा भएको विश्वकपमा अर्जेन्टिनालाई तेस्रो स्थानमा दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
फ्रान्सेली अखबारका अनुसार उनको बिहान बारमा केही मानिसहरूसँग झगडा परेको थियो ।
पछि उनीहरु कारमा फर्किएर उनमाथि गोली हानेका थिए ।
पेरिस अभियोजकको कार्यालयले हत्याको अनुसन्धान सुरु गरेको छ।
शंकास्पद तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।