२०७८ चैत्र २, बुधबार

काठमाडौं। एक महिलालाई सेक्सको ओभरडोजबाट आफ्ना श्रीमानको हत्या गरेको आरोप लाग्यो ।

त्यसपछि उनका छिमेकीहरु र उनका श्रीमानका अनफन्तहरु जुटे र महिलामाथि आक्रमण गरे ।

पछि घटनास्थलमा पुलिस आइपुग्यो र महिलालाई बचायो ।

घटना नाइजेरियाको एनम्ब्रा राज्यको हो ।

यहाँ अगुलेरी समुदायका एक पुरुषको मृत्यु भएको थियो ।

मृतकका आफन्त र छिमेकीहरुले महिलामाथि आफ्ना पतिलाई सेम्सको ओभरडोजबाट मारेको आरोप लगाएका छन् ।

यो घटनाको एउटा भिडियो पनि भाइरल भएको छ । भिडियोमा महिला आफ्ना पतिको शवको नजिकै नग्न अवस्थामा बसिरहेकी देखिएकी छिन् ।

समुदायका मानिसहरुले उनीमाथि गालीगलौज गरिरहेको भिडियोमा सुन्न सकिन्छ ।

पुलिसले स्थानीय समाचार वेबसाइट पंचएनजी डटकमसँग कुरा गर्दै भिडियोमा कुनै छेडछाड नगरिएको र त्यही भिडियो नै सही भएको बताएको छ ।

पुलिसका अनुसार महिलालाई कुटपिट गरेको आरोपमा एक आरोपीलाई गिरफ्तार गरिएको छ ।

एनम्ब्रा राज्य पुलिसका प्रवक्ता तोचुकु इकेंगाले भने ‘अगुलेरीमा आक्रोशित भिडको बीचबाट एनम्ब्रा पुलिसले एक महिलालाई बचाएको छ ।’ यो कारवाही उक ट्रेण्डिङ भिडियोको आधारमा गरिएको हो ।

यो भिडियोमा एक महिलालाई सार्वजनिक रुपमा हिंसा र अपमान गरिएको थियो र उनलाई आफ्ना पतिको मृत्युको जिम्मेवार भनेर कुटपिट गरिएको थियो ।

पुलिस प्रवक्ताले अगाडि भने ‘पुलिस कमिश्नर इचेंग इचेंगले यो घटनालाई बर्बर बताएका छन् ।

मामिलासँग जोडिएका एक संदिग्ध पुलिसको हिरासतमा छन् ।

भिडियोको जाँच भइरहेको छ ताकि अन्य संदिग्धहरुको पहिचान हुन सकोस् र गिरफ्तार गरेर उनीहरुमाथि कारवाही गर्न सकियोस् ।’

पुलिस प्रवक्ताका अनुसार मृतकको शवलाई पहिले नै गाडिसकिएको छ ।

भिडियो ट्रेण्ड भएपछि महिलालाई उद्धार गरियो र अहिले उनको उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर