२७ फागुन २०७८, शुक्रबार

बलात्कार आरोपमा थुनामा रहेका अभिनेता पल शाहका म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ । पल शाहको आर्थिक कारोबार लगायत व्यवस्थापनको जिम्मेवारी लिएका कृष्णप्रसाद जोशीलाई पक्राउ गरिएको जिप्रका तनहुँका डिएसपी युवराज खड्काले  बताए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नाबालिगलाई जबरजस्ती करणी गरेको मुद्दा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले जोशीलाई तनहुँबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर उनी फरार भएका थिए ।

पछि २७ फागुनमा उनले प्रहरीकहाँ आत्मसमर्पण गरेका थिए । अभिनेता शाहलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर