२०७८ फाल्गुन २१, शनिबार

स्याङ्जा जिल्ला काली गण्डकी गाउँपालिका वडा नं.-७, मिर्मी पालिचौर निवासी ब्लड क्यान्सर विरामी कृष्ण प्रसाद भट्टराईको भरतपुर अस्पतालमा उपचार हुने क्रममा आर्थिक अभावलाई केही भए पनि सहयोगहोस् भन्दै कृष्ण गण्डकी समाज दक्षिण कोरीयाले आर्थिक सहयोग अभियान चलाएको थियो  |

बिडम्बना उपचार हुँदा हुँदै उहाँको असामयिक दु:खद निधन हुन पुगेकोले उहाँको आत्माको चिरशान्तिको कामना गर्दै संकलित आर्थिक सहयोग रकम मृतकको घरपरिवारलाई  ८६ हजार १सय ७५ रुपैया छोरी कृषाको नाममा १० बर्षे बालबचत मुद्धती खातामा जम्मा गर्ने गरी हस्तान्तरण गरिएको थियो ।

साथै वडा नं – ७ बरडाँडा निवासी  तिल बहादुर थापाको बिगत ५ वर्ष देखि मेरुदण्ड रोग ( प्यारालाईसिस ) उपचारको लागि आर्थिक अभावको कारण राम्रो उपचार नपाईरहेको अवस्थामा केही भएपनि उपचारमा सहयोग होस् भन्ने हेतुले कृष्ण गण्डकी समाज दक्षिण कोरीयाले संकलन गरी पठाएको रु.८६,१७५/- साथै सिता कुमारी गाँहा दर्लामि,छाप (हाल पोखरा कास्की तर्फबाट) ५५०० गरी जम्मा रु.९१,६७५ आर्थिक सहयोग रकम बिरामीको स्वास्थ्य लाभको कामना गर्दै हस्तानतरण गरिएको छ ।

संस्थाका पुर्व अध्यक्ष प्रकाश भट्टराई र नि. वर्तमान अध्यक्ष हरी न्यौपाने ,सल्लाहकार रेम थापा , सदस्य पशुपति भट्टराई, दुर्गा भट्टराई , शेरबहादुर थापा  लगायतकाको रोहवरमा रहि समाजसेवी ज्ञान प्रसाद भट्टराई , होमराज भट्टराई ,शिक्षक तथा समाजसेवी रामप्रसाद भट्टराई , टंकनाथ भट्टराई , काशिराम भट्टराई , पुनम थापा , शेर बहादुर थापा, शिब न्यौपाने बालकृष्ण भट्टराई , पिताम्वर भट्टराई , नारायण प्रसाद भट्टराई ,शिक्षक कृष्ण बहादुर थापा , नन्द बहादुर गाहाँ , सन्देश भट्टराई ,कुशल भट्टराई को उपस्थितीमा २०७८/११/२१ का दिन सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

सहयोग रकम प्राप्त गरेपछि कृष्ण गण्डकी समाज दक्षिण कोरीया, आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगि दाता तथा यस अभियानमा प्रत्यक्ष ,अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने  अभियानमा खटिने सवैलाई समेत परिवारले आभार ब्यक्त गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर