२०७८ फाल्गुन २०, शुक्रबार

आफ्नो चार वर्षे कार्यकाल पुरा गरी आजबाट २० जना राष्ट्रिय सभा सांसद विदा हुने भएका छन् । वि.सं. २०७४ सालमा निर्वाचित भएर गोला प्रथाबाट चार वर्षे कार्यकालमा परेका २० सांसदको आजबाट पदावधि सकिने भएको हो ।

https://amzn.to/4myfPN5

जसमा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४ जना,माओवादीका ४ जना र नेपाली काँग्रेसका३ सांसद रहेका छन् । एक जना मनोनीततर्फ रामनारायण बिँडारीको पनिआजबाट पदावधि सकिने लागेको छ ।

आजबाट आफ्नो कार्यकाल पुरा गरी विदा हुनेमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन् ।

त्यसैगरी, नेकपा एकीकृत समाजवादीको तर्फबाट उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवर रहेका छन् । साथै मनोनित तर्फका सांसद रामनारायण विडारी पनि आजै बिदा हुने छन् ।

नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहाल र नेपाली कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी पनि आजबाट आफ्नो चार वर्षे कार्यकाल पुरा गरी विदा हुने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर