२०७८ फाल्गुन २०, शुक्रबार

नेकपा माओवादी केन्द्रले आजदेखि केन्द्रीय कमिटी बैठक गर्ने भएको छ। राष्ट्रिय सभागृहमा केन्द्रीय कमिटी बैठक हुनेछ।

https://amzn.to/4myfPN5

अध्यक्ष र केन्द्रीय कमिटी सदस्य मात्रै तय गरेर गत पुसमा सकिएको आठौं महाधिवेशनले पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो।

यो केन्द्रीय कमिटीमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल र समीक्षाका साथै पार्टी पदाधिकारी चयनबारे छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिए।

नेता वर्षमान पुन उपचारका लागि चीनमा रहेकोले केन्द्रीय कमिटी बैठक सर्दै आएको थियो। वर्षमान नेपाल फर्किसकेका छन्।

यसबीचमा प्रतिनिधि सभाबाट गत आइतबार एमसिसी पनि पारित भइसकेको छ।

माओवादीभित्र एमसिसी पारित गर्न नहुने मत पनि थियो।

नेता नारायणकाजी श्रेष्ठलगायतले केन्द्रीय कमिटी बैठकमा आफ्ना असन्तुष्टि राख्ने तयारी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर