२०७८ फाल्गुन १५, आईतवार

बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) को नयाँ कार्यसमितिको निर्वाचनका लागि आइतवार मनोनयन हुदै छ ।

झण्डै २३ सय सदस्य रहेको संस्थामा अध्यक्ष सुबोध पन्तले अर्को एक कार्यकाल निरन्तरता भन्दै प्यानल सहित उमेदवारी घोषणा गरेका छन् । यसैगरी महासचिवमा सागर घिमिरेले उम्मेदवारी घोषणा गरेका छन ।
आफ्नो केही योजना अधुरा रहेकाले पुन अर्को एक कार्यकाल निरन्तरता चाहेको पन्तले राष्टडेली संगको कुराकानीमा बताए ।

‘थकान रहित निरन्तरता स् संस्थामा हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित पन्तले प्यानल नै घोषणा गरेका छन् ।

नेपाल तथा अमेरीकामा समेत सामाजिक कार्य गर्दे आएका सागर घिमिरेले महासचिवमा उम्मेदवारी दिएका छन ।

अमेरीका तथा नेपालमा आफुले गरेका सामाजिक कार्यलाई निरन्तरता दिन वानाको आवश्यकता परेकोले आफुले उम्मेदवारी दिएको घिमिरेले वताए ।

आफुहरुलाई सवै साथीहरुले निकै उत्साहका साथ उठ्नका लागि अनुरोध गरेको कारण र उहाँहरुले ल्याउनुभएका योजनाहरुलाई सफल वनाउनको लागि आफनो उम्मेदवारी रहेको घिमिरेले वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर