१४ फागुन २०७८, शनिबार

मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका–१, का सुर्खेत भेरीगंगा नगरपालिका–१, का वडा अध्यक्ष नवराज कार्कीको उपचारको क्रममा निधन  भएपछि स्थानीयले आज बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

दोषीलाई कारवाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, हालसम्मको उपचार खर्च दिनुपर्ने लगायत माग राख्दै स्थानीयले बजार र सडक बन्द गराएका हुन् ।

कर्णाली प्रदेशको मुख्य नाका बन्द हुँदा प्रदेश भित्रिने र बाहिरिने यातायातका सम्पूर्ण साधनहरु ठप्प भएका छन् ।

बिहान नेपालगञ्जका लागि हिंडेका केही सवारी साधन र यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।

थुप्रै गाडी र यात्रीहरु पनि अलपत्र परेका छन् । मृतकका आफन्तहरुले सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।

फागुन ८ गते रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका वडा नं. १२ छिन्चु बजारदेखि पश्चिम तर्फको सडकमा नेपालगञ्जबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु जाँदै गरेको कार्की सवार भे ६ प ४४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।वडाध्यक्ष कार्कीको गएराति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर