२०७८ फाल्गुन ८, आईतवार

सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति भएको हो ।

https://amzn.to/4myfPN5

‘गठबन्धनमा सहमति भएको छ, अव एमसीसी टेबल हुन्छ’, बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए ।

गठबन्धनमा सहमति भएपछि आजै संसद बैठकमा एमसीसी टेबल गर्ने प्रधानमन्त्रीले तयारी गरेका छन् ।

तर नेकपा एकीकृत समाजवादीका  नेता झलनाथ खनालले  असहमति प्रकट गरेका छन् ।

उनले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताए ।

‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा ? संसद त चल्दैन कहाँबाट टेबल हुन्छ ?’ खनालले  भने, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन । हामी त्यसमा सहमत छैनौं । यस्ता खालका सहमतिहरु न संसदमा लानुपर्ने आवश्यक छ, न संसद खुल्ला छ ? यस्तो बेला टेबल गर्छु भन्नु नेपाल राष्ट्र र जनतामाथिको घात हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर