२०७८ फाल्गुन ८, आईतवार
काठमाडौँ : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेरेलले सामाजिक काममा सक्रिय युवाहरुलाई पार्टीले प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रिय युवा सङ्घ, नेपाल काठमाडौँ महानगर कमिटी तथा क्षेत्र नम्बर ५ ले शनिबार महाराजगञ्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा पोखरेलले परोपकारमा युवाको सक्रियता प्रशंसनीय काम भएको उल्लेख गर्दै भने, “राजनीति पनि देश र जनताको हितकै लागि हुन्छ, समाजसेवा पनि नागरिकको हितकै लागि हुन्छ, युवाहरु यस्तो काममा प्रेरित हुनुपर्छ, तपाईंहरुलाई म र पार्टीको प्रोत्साहन रहने छ।”
सो कार्यक्रममा १५० जनाले रक्तदान गरेको सङ्घका काठमाडौँ महानगरका अध्यक्ष प्रवीण श्रेष्ठले जानकारी दिए।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य नारायण सिलवाल, एमालेको बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलालगायतको उपस्थिति थियो।