फागुन ७, २०७८
एमसीसीबारे ठोस निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठकमा सुरु भएको हो ।
‘मुल रुपमा आजको बैठकको एजेण्डा एमसीसी नै हो । योभन्दा अर्को एजेण्डा छैन’, उपमहासचिव गंगालाल तुलाधरले भने । ‘एमसीसीसँग जोडिएका अन्य कुराहरुमा गठबन्धनको भविष्य, हाम्रो भुमिकालगायतका बारेमा छलफल हुन्छ र निर्णयमा पुग्छौ ।’ तुलाधरको भनाई छ ।