२०७८ फाल्गुन ६, शुक्रबार

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा  १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ।

विमानस्थलमा १० दिनसम्म क्यालिब्रेसन फ्लाइट हुने नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थमा क्यालिब्रेसन फ्लाइट गर्न थाई एयरको जहाज भैरहवा आइपुगेको छ।

एरो थाइको जहाज फागुन ५ गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर भैहहवा पुगेको हो।

उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले पाएको थियो।

जसले गर्दा फागुन ६ गतेदेखि १५ गतेसम्म उडान तथा अवतरण  समय ढिलो हुनसक्ने बताइएको छ।

परीक्षण उडानपछि नियमित उडान गर्ने तयारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर