२०७८ फाल्गुन ६, शुक्रबार

नेपालमा हाल कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यसअघि नेपालको मौसममा आंशिक प्रभाव पारिरहेको पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणाली बिहीबार साँझ नेपालबाट बाहिरिएको हो।

यो सँगै पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।

आज दिउँसो पहाडी भेगमा आंशिक बदली हुनुका साथै देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने र पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
२०७८ फागुन ६ गते (शुक्रबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ फागुन ७ गते (शनिबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ फागुन ८ गते (आईतबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर