
२०७८ फाल्गुन ६, शुक्रबार
पाल्पामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर एक जना बालकसहित २ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका–२, खुलखुलेका २० वर्षका सुरज सुनार र सुरजका भाइ १४ वर्षका राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार बेलुकी ७ बजे तिनाउ–२, स्थित दोभान खोलामा माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीको भनाई छ ।
स्थानीयवासीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लागेको थियो ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।