
२०७८ माघ २६, बुधबार
इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिएको छ ।
नेपाल एयरलाइन्सको ट्वीनअटर विमानबाट बुधबार परीक्षण उडान भएको हो ।
पहाडी इलाकामा निर्मित यो सबैभन्दा कान्छो विमानस्थल हो ।
काठमाडौंबाट ५५ मिनेटको उडानमा जहाज इलाम पुगेको हो ।
यो विमानस्थलमा तारा एयरले १२ वटा उडान गर्ने गरी जिम्मेवारी लिइसकेको छ ।
इलाम नगरपालिकासँगको सहकार्यमा ताराले जहाज उडाउने भएको छ ।
इलामका लागि नियमित उडानको भाडा काठमाडौंबाट ८ हजार ७ सय रुपैयाँ तोकिएको छ