२०७८ माघ २४, सोमबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रकाशशरण महतलाई दिएका छन्।

https://amzn.to/4myfPN5

यसअघि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा थिए। शर्मा अहिले कांग्रेस महामन्त्री छन्।

महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदमा उठे पनि पराजित भएका थिए।

त्यसपछि सभापति देउवाले उनलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए।

केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने प्रचलन छ।

सभापति देउवाले आज महतलाई पार्टी प्रवक्ता नियुक्त गरेको कांग्रेस पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर