२०७८ माघ २३, आईतवार

क्यानडामा कोरोना भाइरसविरुद्धको खोपलाई अनिवार्य बनाइएको विरोधमा सुरु भएको प्रदर्शन देशभर फैलिन थालेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

शनिबार क्यानडाका कैयौं सहरमा हजारौं मानिसले शान्तिपूर्ण जुलुस निकाल्दै कोभिड खोपविरुद्धको प्रदर्शनमा सहभागी भएका छन् । सुरुमा ट्रक ड्राइभरले सुरु गरेको प्रदर्शनमा अन्य मानिससमेत सहभागी हुन थालेको अलजजिराले जनाएको छ ।

‘हामीहरू अनिवार्य नियम, त्रास र ठूलो जेलमा बस्दा-बस्दै वाक्कदिक्क भएका छौं’ रोबर्ट नामक प्रदर्शनकारीले रोइटर्स समाचार माध्यमलाई भने, ‘उनीहरूले खोप भनेको विषलाई नलगाइकनै सामान्य अवस्थामा फर्किन चाहन्छौं ।’

ओटावाबासीले प्रदर्शनका कारण सडक अस्तव्यस्त भएको भन्दै प्रदर्शनकारीबाट ८० लाख डलर क्षतिपूर्ति माग गरेका छन् ।

‘ट्रक ड्राइभरले ७-८ दिनदेखि हामीलाई आतंकित बनाइरहेका छन्’ विश्वविद्यालयका विद्यार्थी स्याफ्रन बाइन्डरले एएफपीसँग भने, ‘सडकलाई कब्जा गर्ने कार्य बन्द हुनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर