२२ माघ २०७८, शनिबार

नेकपा (एमाले)का नेता भानुभक्त ढकालले वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

एमालेका पत्रकारको संगठन प्रेस चौतारीको २४ औं स्थापना दिवसमा मोरङमा आयोजित कार्यक्रममा बोल्दै उनले वैशाखभित्र निर्वाचन गर्नुपर्ने बताएका हुन् ।

स्थानीय तहको निर्वाचित जनप्रतिनिधिको पदावधि जेठ ५ गते सकिने बताउँदै उनले वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका हुन् ।

संविधान र कानुनले स्थानीय तहको रिक्ततालाई व्याख्या नगरेको बताउँदै पदावधि सकिन २ महिनाअघि निर्वाचन गर्नुपर्ने बताए ।

अवधि सकिएको ६ महिनापछि चुनाव गर्नुपर्ने तर्क गलत रहेको उनको भनाइ  छ ।

यसैबीच, प्रेस चौतारीको स्थापना दिवसको अवसरमा मोरङ शाखाले कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार नेत्र पि अधिकारी र घनश्याम भण्डारीलाई प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर