२१ माघ २०७८, शुक्रबार
कोभिड १९ कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै सरकारले गरेको स्मार्ट लकडाउन फागुन १ गतेदेखि हटाइने भएको छ ।
राज्यमन्त्री उमेश श्रेष्ठले आगामी फागुन १ गतेदेखि स्मार्ट लकडाउन हटाउने तयारी जानकारी दिएका हुन् ।
तथापी, कोरोना संक्रमणको जोखिम कायमै रहेकाले आवश्यक मापदण्ड भने पालना गरिने राज्यमन्त्री श्रेष्ठले जनाएका छन् ।
अहिले पनि निजी सवारीसाधनमा जोररविजोर प्रणाली लागु गरिएको छ ।
यता रात्रिकालिन व्यवसायीहरुले त सरकारका प्रतिनिधिहरुलाई भेटेरै स्मार्ट लकडाउन हटाउन आग्रह गरिसकेका छन् ।
अहिले संक्रमित भन्दा संक्रमण हुनेको संख्या बढ्दै गएको छ ।