२१ माघ २०७८, शुक्रबार

मोरङको धानपालथान–७ स्थित उखुबारीको खाल्डोमा भेटिएका दुईजना र ललितपुरको धापाखेलमा एकजनालाई हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

शुक्रवार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरेर अरोपीहरुलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका–४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित साह, सिराहा घर ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका–७ घर भएका ६२ वर्षीय नासिर आलम छन् ।

हत्यामा संलग्न मध्येका सिराहाको सिराहा नगरपालिका–२१ घर भएका अनिल मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुलेको मोरङका एसपी जनार्दन जिसीले  बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर