
२१ माघ २०७८, शुक्रबार
कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएकाे छ ।
मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएकाे छ ।
मुगुस्थित रारा विमानस्थलमा हवाइ उडान ठप्प भएकाे छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्।
बिहीबारबाट बाक्लाे हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेकाे छैन ।
कर्णालीमा यो तेस्रो पटक हिमपात भएकाे हाे ।
यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएकाे हाे ।
आज पनि हिमपात भइरहेकाे छ ।
मुगुका प्राय: सबै स्थानीय तह लगायत सदरमुकाम गमगढी बजारमा लगायतका क्षेत्रमा हिमपात भएको छ ।
जुम्लाका सबै स्थानीय तहका क्षेत्रमा पनि हिमपात भएको छ ।