२१ माघ २०७८, शुक्रबार

पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषदले गोठाटारस्थित जग्गामा बनेका छाप्रालगायत संरचना हटाउन निर्देशन दिएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

१५ दिनभित्र त्यस्ता छाप्रा र संरचना नहटाएमा कोषले आफैँ हटाउने र त्यसबाट हुने क्षति व्यक्ति स्वयमले व्यहोर्नुपर्ने कोषको भनाइ छ।

कोषको जग्गामा बनेका छाप्रा भत्काउन पटकपटक सूचना निकाले पनि अटेर गर्दै छाप्रा नभत्काएको पनि कोषको भनाइ छ।

कोषले गोठाटारस्थित जग्गा अतिक्रमण गरी बनाएका छाप्रा भत्काउन निर्देशन दिएको हो।

‘१५ दिनभित्र छाप्रालगायत संरचना आफैँले भत्काई लैजानुहोला। अन्यथा कानुनअनुसार कोषले छाप्रा भत्काउनेछ र क्षति भए व्यक्ति जिम्मेवार हुनेछ,’ कोषले निकालेको सूचनामा उल्लेख छ।

साथै कोषले पशुपति मन्दिर जाने सडकमा छाप्रा बनाएर फूललगायत व्यापार गर्नेहरूलाई पनि हटाउने भएको छ।

१५ दिनभित्र आफैँ नहटेमा कोषले उनीहरूलाई हटाउने तयारी गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर