२१ माघ २०७८, शुक्रबार

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले अमेरिकी सहयोग एमसीसी ल्याउने शर्तमा सत्तारुढ गठबन्धनलाई निरन्तरता दिन नसक्ने बताएका छन् ।


राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीले बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले गठबन्धनभन्दा राष्ट्रियता ठूलो भएको टिप्पणी गरे ।

‘नेपाली कांग्रेस गठबन्धन कायम राख्नुपर्छ भन्नेमा लागि परेको छ’ उनले भने, ‘त्यही गठबन्धनको आडमा एमसीसी आउन प्रयास भइरहेको छ । कुनैपनि हालतमा एमसीसी पास हुदैन ।’

अध्यक्ष केसीले संसद अवरुद्ध गरेर जनताको आवाज बोल्ने थलो बन्द गर्नु राम्रो संकेत नभएको बताए । संसद लामो समय अवरुद्ध हुँदा प्राप्त उपलब्धी गुम्ने खतरा रहेको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर