२०७८ माघ २०, बिहीबार

किसानका माग सम्बोधन गर्न  सरकारले नसकेको भन्दै जनमत पार्टीले रुपन्देहीका विभिन्न स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गर्दै विरोध गरेको छ ।

रुपन्देही दक्षिणी क्षेत्र मानिने धकधईमा पार्टीले उठाएका मागहरू सरकारले ध्यान नदिएको भन्दै सडकमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको हो।

पुत्ला दलन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।

तर कसैलाई पक्राउ भने नगरेको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले  जनाएको छ ।

पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने र समयमै मल र बिउको उपलब्ध हुनुपर्ने  लगायतका मागहरू लिएर आन्दोलन जारी रहेको रातोपाटीलाई बताए ।

उनले भर्ने  हाम्रो मागहरू सरकार सम्बोधन नगरेसम्म हामी सडक आन्दोलनमा नै हुन्छौ ,।

पार्टीले पुस १२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई किसानका समस्या,नागरिकता समस्यालगायतका मागहरू समेटिएको ज्ञापनपत्र बुझाएको थियो ।
यस अघि रुपन्देहीको उक्त क्षेत्रमा पार्टीले ६ दिन सम्म सडक जाम गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर