
२०७८ माघ २०, बिहीबार
किसानका माग सम्बोधन गर्न सरकारले नसकेको भन्दै जनमत पार्टीले रुपन्देहीका विभिन्न स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गर्दै विरोध गरेको छ ।
रुपन्देही दक्षिणी क्षेत्र मानिने धकधईमा पार्टीले उठाएका मागहरू सरकारले ध्यान नदिएको भन्दै सडकमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको हो।
पुत्ला दलन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।
तर कसैलाई पक्राउ भने नगरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने र समयमै मल र बिउको उपलब्ध हुनुपर्ने लगायतका मागहरू लिएर आन्दोलन जारी रहेको रातोपाटीलाई बताए ।
उनले भर्ने हाम्रो मागहरू सरकार सम्बोधन नगरेसम्म हामी सडक आन्दोलनमा नै हुन्छौ ,।