२०७८ माघ २०, बिहीबार

वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ सेवन गर्दा कपिलवस्तुमा एक भैँसी घाइते भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बुधवार शिवराज नगरपालिका-३ मा विस्फोटक पदार्थ चपाउँदा भैँसी घाइते भएको प्रहरीले जनाएको छ ।

भैँसीको मुख भित्रै विस्फोटक पदार्थ पड्किएको स्थानीयहरूको बुझाइ छ ।

भैँसी चराउन गएका बालक विस्फोट हुँदा भागेर जोगिएका छन् ।

जङ्गली जनावर मार्नका लागि यस्ता विस्फोटक पदार्थ राखिएको हुन सक्ने वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

प्रायस्जसो बँदेल मार्नको लागि वन्य जन्तुको आहारामा विस्फोटक पदार्थ मिसाएर बम बनाएर राख्ने गरेका छन् ।

चोरी सिकारीका लागि राखिने यस्ता विस्फोटक पदार्थले मानवीय क्षति पनि हुन सक्ने भएकाले वन कार्यालय र प्रहरी प्रशासनले निगरानी बढाउन पर्ने स्थानीय समाजसेवी कृष्ण कार्कीले बताए ।

वन क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सशस्त्र वन रक्षक टोली परिचालन भए पनि चोरी सिकारीका घटना बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर