२०७८ माघ १९, बुधबार
भारतमा कोभिड संक्रमण निरन्तर घटिरहेको छ ।
पछिल्लो २४ घन्टामा भारतमा १ लाख ६७ हजार नयाँ संक्रमित देखिएका छन् ।
मंगलबार २ लाख नौ हजार नयाँ संक्रमित देखिएका थिए ।
अहिलेसम्म भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड १४ लाख नाघेको छ ।
२४ घन्टामा भारतमा कोभिडबाट एक हजार १९२ जनाको मृत्यु भएको छ ।
कोभिडबाट सबैभन्दा बढी केरलामा मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा केरलामा ६३८ जनामा संक्रमण देखिएको छ ।