२०७८ माघ १८, मंगलवार

सरकारले कच्चा दूधमा किसानले पाउने आधार मूल्य वृद्धि गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेर ५६.०४ रुपैयाँ कायम गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

प्रशोधन नगरिएको दूधको यस्तो मूल्य किसान र दूध खरिदकर्ताका लागि मात्रै लागू हुने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयको सिफारिसमा दूधको आधार सर्मथन मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँबाट बढाएर ५६.०४ रुपैयाँ कायम गरिएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए । ‘किसानले फ्याटको आधारमा पाउने मूल्य बढाइएको छ, अहिलेलाई उपभोक्ता मूल्य बढेको छैन्,’ प्रवक्ता सञ्जेलले भने । यस अघि सरकारले २०७६ भदौमा दूधको मूल्य बढाएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर